
पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।
अध्यक्षमा कांग्रेसका बृजहाङ आङदेम्बे ५ हजार ७३९ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार वीरबहादुर कुरुम्वाङ ले ४ हजार ४ सय ४३ मत पाएर पराजय व्यहोरे ।
उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका ठाकुरसिंह नेम्वाङ ५ हजार १०० मतसहित निर्वाचित भएका छन् ।
नेम्वाङले एमालेको समर्थनमा उपाध्यक्ष पदको उम्मेदवार बनेकी जनता समाजवादी पार्टिकी बबिता नेम्वाङलाई ६ सय ५७ मत अन्तरले हराएका हुन् ।
बबिताले ४ हजार ४४३ मत प्राप्त पाइन् ।