
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेनले ८ हजार ६२० मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४ हजार ५४० मत पाएका छन् ।
यस्तै सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ९८० मत प्राप्त गरेकी छन् ।