
म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रसाद पुन विजयी भएका छन् ।
पुनले ३ हजार १२३ मत पाएका छन् ।
प्रतिस्पर्धामा नेकपा एमालेका उम्मेदवार थमसरा पुन पराजित भएकी छन् । उनले २ हजार ५४८ मत पाएकी छन् ।
उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशम पुन मगर विजयी भएका छन् । मगरले २ हजार ८१२ मत पाएका छन् । गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएको थियो ।