×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

काठमाडौंका ३ नगरपालिकामा कांग्रेसको जित, अन्यमा कसको अवस्था कस्तो ?

जेठ ३, २०७९

NTC
Premier Steels

काठमाडौं महानगपालिकासहित अधिकांश नगरपालिकामा  मतगणना चलिरहेको छ । काठमाडौंका ३ नगरपालिकाको नतिजा आइसकेको छ भने अन्यमा गणना चलिरहेको छ । मंगलवार बिहानसम्म काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ९ हजार ६ सय १४ मतसहित अग्रता लिएका छन् । एमालेका केशव स्थापित ५ हजार १ सय ५७ मतसहित दोस्रो स्थानमा छन् । 

Muktinath Bank

काठमाडौंको कीर्तिपुर, दक्षिणकाली र तारकेश्वर नगरपालिकामा कांग्रेस विजयी भइसकेको छ । यसअघि जितेको दक्षिणकालीमा कांग्रेसले जीत दोहोर्याएको छ भने एमालेले जितेको कीर्तिपुर फुत्काएको छ ।
यस्तै तारकेश्वर नगरपालिकामा पनि काँग्रेसले नै जित हात पारेको छ । तारकेश्वरमा काँग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर र सृजना बुर्लाकोटी उपमेयर जितेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंको कागेश्वरी मनोहरामा नेपाली कांग्रेसका उपेन्द्र कार्की ३ हजार ६ सय ९९ मत सहित अग्रस्थानमा छन् । एमालेका रामशरण ढुंगाना ३  हजार १ सय ८७ मतसहित दोस्रो स्थानमा छन् । 
गोकर्णेश्वरमा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । मंगलवार बिहानसम्मको गणनामा नेपाली कांग्रेसका दिलिप रिसाल ५ हजार ५ सय ५६ मतसहित अग्रता लिइरहेका छन् । एमालेका उद्धव विष्ट ५ हजार ३ सय ५३ मत सहित दोस्रो स्थानमा छन् । 


Advertisment
Nabil box
Kumari

चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसका घनश्याम गिरी ८ हजार ४ सय ८८ मतसहित अग्रता लिइरहेका छन् । एमालेका उत्तमबहादुर राउत ९ सय ४० मतसहित अगाडी छन् । कांग्रेसका घनश्याम गिरी ६ हजार ८ सय २९ मतसहित दोस्रो स्थानमा छन् । 

Vianet communication

टोखा नगरपालिकामा नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिइरहेकी छिन् । रजनीले ६ हजार ९ सय २९ मत प्राप्त गर्दा एमालेका प्रकाश अधिकारीले ६ हजार ७ सय १ मत प्राप्त गरेका छन् । 
नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत ३ हजार ४ सय ८३ मतसहित पहिलो स्थानमा छन् । एमालेका नन्दनहरि गौतम २ हजार ६ सय ४८ मतसहित दोस्रो स्थानमा छन् ।  

बूढानीलकण्ठमा एमालेका मिठाराम अधिकारी ६ हजार ९१ मत मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका विनोद चालिसे ५ हजार ६ सय १९ मतसहित दोस्रो स्थानमा छन् । शंखरापुरमा राप्रपाका रमेश नापितले ३ हजार ३ सय १८ मतसहित अग्रता लिइरहेका छन् । तीब्र प्रतिष्पर्धा भइरहेको शंखरापुरमा ३ हजार २ सय ५० मतसहित नेकपा एसका लक्ष्मीप्रसाद श्रेष्ठ दोस्रो स्थानमा छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x