१२ असार २०८३, शुक्रबार

घोराहीमा सत्तारुढ गठबन्धनलाई पछाडि पार्दै एमालेका उम्मेदवारको अग्रता

घोराहीमा सत्तारुढ गठबन्धनलाई पछाडि पार्दै एमालेका उम्मेदवारको अग्रता

दाङको घोराही उपमहानगरपालिकामा जारी मतगणनाको पछिल्लो विवरणअनुसार सत्तारुढ गठबन्धनका उम्मेदवार पछाडि परेका छन् ।

नेकपा एमालेबाट नगर प्रमुख पदका उम्मेदवार नरुलाल चौधरी २ हजार ७९ मतले अगाडि छन् । चौधरीले १४ हजार २०५ मत पाएका छन् ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले १२ हजार १३६ मत पाएका छन् ।

उपप्रमुखमा पनि एमालेले अग्रता लिएको छ । एमालेकी हुमा डिसी ४७४ मतले अगाडि छिन् । उनले १३ हजार ७७२ मत पाएकी छन् । उपप्रमुखमा कांग्रेसका भूपबहादुर डाँगीले १३ हजार २९८ मत पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्