
रुपन्देहीको देवदह नगरपालिकामा नेकपा एमालेका उम्मेदवार धु्रव खरेलले अग्रता लिएका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेका हिराबहादुर खत्रीलाई ४४० मतान्तरले पछाडि पारेर उनले अग्रता लिएका हुन् ।
खरेलको ७ हजार ४४७ र खत्रीको ७ हजार ७ मत छ । खरेलले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
देवदहमा हालसम्म २२ हजार ३०० मत गणना सम्पन्न भएको छ ।
उपप्रमुखमा पनि एमालेकी विद्यालक्ष्मी गुरूङले अग्रता लिएकी छन् । ७ हजार ९४४ मतका साथ अगाडि छन् ।