२५ असार २०८३, बिहीबार

विश्वभरि गहुँको मूल्यले बनायो कीर्तिमान

जेठ ३, २०७९
विश्वभरि गहुँको मूल्यले बनायो कीर्तिमान

लूले उत्पादनमा असर गरेपछि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै सोमवार गहुँको मूल्यले कीर्तिमान कायम गरेको छ । 

युरोपेली बजार खुल्दा गहुँको मूल्य प्रतिटन ४३५ युरो पुगेको थियो । 

भारत गहुँ उत्पादनको दोस्रो ठूलो मुलुक हो । मार्च महिनामा अत्यधिक गर्मी भएपछि गहुँ उत्पादनमा असर परेको थियो । 

उत्पादन घटेपछि भारतीय अधिकारीहरूले आफ्नै देशका १.४ अर्ब मानिसको खाद्य सुरक्षा जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

मे १३ भन्दा अगाडि गरिएका निर्यात सम्झौता पालन गरिने तर त्यसपछिका निर्यातका लागि सरकारको स्वीकृति आवश्यक हुने नयाँ दिल्लीले जनाएको छ । 

भारतले निर्यात प्रतिबन्ध लगाएपछि जी७ मुलुकहरूले त्यसको कठोर आलोचना गरेका छन् । खाद्यवस्तुको मूल्य बढेर आएको संकटलाई यसले थप बिगार्ने उनीहरूको भनाइ छ । 

रुस र युक्रेनबीचको द्वन्द्वले गहुँको मूल्य बढाउन योगदान गरेको हो । यी दुई देशले विश्वभरि गरिने गहुँ निर्यातको ३० प्रतिशत भाग ओगटेका छन् । विश्वभरि भयावह खाद्य संकट आउने त्रास बढेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्