
बेनी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
नगर प्रमुखमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपप्रमुखमा माओवादीकी ज्योति लामिछाने पौडेलले सात हजार ७३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।
प्रमुखमा नेपाली कांग्रेसका चिरञ्जीवी शर्माले ६ हजार २३० र उपप्रमुखमा एमालेकी पशुपति शाहीले पाँच हजार ५०० मत पाएका छन् ।
बेनीको नगरप्रमुख, उपप्रमुख र पाँच वटा वडामा कांग्रेस र माओवादीले तालमेल गरेर साझा उम्मेदवार बनाएका थिए ।