
गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बेदबहादुर थापाले १३४ मतअन्तरले जितेका छन् ।
थापाले ४८ सय १० मत ल्याएर विजयी हुँदा नेकपा एमालेका उम्मेदवार रामजी ढकालले ४६ सय ७६ मत पाएका छन् ।
उपाध्यक्षमा भने एमालेकी मञ्जुकुमारी दर्लामीले ४४ सय ८५ मत ल्याएर जितेकी छन् ।
उनका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाका तारा थापाले ४३ सय ८४ मत ल्याएकी छिन् ।