३२ असार २०८३, बिहीबार

विदेशीहरूलाई आफ्नो अदालतमा युद्धअपराधको मुद्दा चलाउने कानून ल्याउँदै अमेरिका

जेठ ३, २०७९
विदेशीहरूलाई आफ्नो अदालतमा युद्धअपराधको मुद्दा चलाउने कानून ल्याउँदै अमेरिका

अमेरिकाको माथिल्लो सदन सिनेटमा विदेशीहरूका विरुद्ध युद्धअपराधको मुद्दा चलाउन लागि अमेरिकी अदालतलाई अनुमति दिने कानूनको मस्यौदा तयार गर्न लागिएको द न्युयोर्क टाइम्सले लेखेको छ । 

रुसले युक्रेनमा सर्वसाधारणहरूलाई तारो बनाएको आरोप लगाउँदै त्यस्ता किसिमका युद्धअपराधमा अमेरिकी अदालतको क्षेत्राधिकार बढाउने कानून बनाउन लागिएको हो । 

अमेरिकाका युद्धअपराधहरूको मुद्दा चलाउन खोज्दा द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा अतिक्रमण गर्न सकिने अधिकार राख्ने अमेरिकाले के युद्धअपराध हो र के हैन भन्ने विषयमा फैसला गर्ने भएको छ । आफूलाई विश्वको प्रहरी ठान्ने सोच अमेरिकाले अझै पनि राखिरहेको यसबाट देखिने पर्यवेक्षकहरूले टिप्पणी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्