१२ साउन २०८३, मंगलबार

अमेरिकी पूँजीवादको प्रतीक मकडोनल्ड्स रुसबाट विस्थापित हुँदै

जेठ ३, २०७९
अमेरिकी पूँजीवादको प्रतीक मकडोनल्ड्स रुसबाट विस्थापित हुँदै

अमेरिकाको विशाल फास्टफूड कम्पनी मकडोनल्ड्सले रुसमा ३० वर्षसम्म व्यापार गरेकोमा अब त्यहाँबाट पूरै हट्ने निर्णय लिएको छ । 

कम्पनीले रुसी कारोबार बेच्न खोजेको सोमवार बताएको छ । युक्रेनमाथि रुसको आक्रमण मकडोनल्ड्सको मूल्यमान्यतासँग मेल नखाने कम्पनीको भनाइ छ । 

अमेरिकी पूँजीवादको प्रतिनिधि मानिने मकडोनल्ड्स रुसबाट हट्नु उसका लागि ठूलै प्रतीकात्मक क्षति हो ।

रुसी बजार गुमाउनुपर्दा मकडोनल्ड्सले लगभग १.४ अर्ब डलरको क्षति बेहोर्नुपर्ने बताइएको छ । 

मकडोनल्ड्स हिँडेपछि स्वास्थ्यका लागि हानिकारक फास्टफूडबाट रुसीहरुले मुक्ति पाएको भनी रुसी सञ्चारमाध्यममा टिप्पणी गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्