२३ जेठ २०८३, शनिबार

खैनीकाण्डमा अर्जुननरसिंह केसीले दिए यस्तो बयान

कात्तिक २०, २०७४
खैनीकाण्डमा अर्जुननरसिंह केसीले दिए यस्तो बयान
arjunnarasingh
काठमाडौं, १९ पुस - सहरी विकास मन्त्री अर्जुननर सिंह केसीले आफूले संसदमा खैनी नभएर दालचीनी खाएको बताएका छन् । उनले रिपोटर्स क्लवले आयोजना गरेको सात्क्षतकार कार्यक्रममा बोल्दै आफूले खैनी नभएर दालचीनी खाएको बताएका हुन् ।

उनले मिडियाले दालचीनीलाई खैनी भनेर व्याख्या गरेकोमा आपत्ती समेत जनाएका छन् । उनका स्वकिय सचिव निराजन थापाले केसी केही दिन अघि देखि विरामी परिरहेको र मन भुलाउनको लागि दालचिनी खाएको जानकारी गराएका छन् । सोमवार उनले संसद बैठकमा मुखमा च्यापेको खैनी हातमा थुकेर टेबलमुनि फालेको भिडियो सार्वजनिक भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्