१२ असार २०८३, शुक्रबार

अमेरिकालाई उछिन्नका लागि चीनले सेमीकन्डक्टर उत्पादनमा १५० अर्ब डलर खर्च गर्ने

जेठ ३, २०७९
अमेरिकालाई उछिन्नका लागि चीनले सेमीकन्डक्टर उत्पादनमा १५० अर्ब डलर खर्च गर्ने

संसारभरि विद्युतीय चिपहरूको अभाव भएपछि चीन सरकारले यसको उत्पादनका लागि सन् २०३० सम्ममा १५० अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । 

चीन संसारको सबभन्दा ठूलो चिप उत्पादक मुलुक हो । उसले विश्वका विद्युतीय सामानहरूमध्ये ३६ प्रतिशत एक्लैले उत्पादन गर्ने गरेको छ । विश्वव्यापी विद्युतीय सामग्री आपूर्ति शृंखलामा चीनको सर्वोच्चता यसले स्थापित गर्छ । 

त्यसका साथै चीन चिप बिक्रीको सबभन्दा ठूलो बजार हो तथा अमेरिकापछि दोस्रो ठूलो उपभोक्ता बजार पनि हो । सेमीकन्डक्टरहरू भएका विद्युतीय सामग्रीको उपयोग अमेरिका र चीनमा सबभन्दा बढी हुने गरेको छ । 

तर चीनको सेमीकन्डक्टर आपूर्ति शृंखला अत्याधुनिक लजिक फाउन्ड्री उत्पादन, ईडीए टूल्स, सेमीकन्डक्टर सामग्री, चिप डिजाइन आईपी र सेमीकन्डक्टर उत्पादन उपकरणका सवालमा अझै पनि पछाडि छ । 

त्यसैले अत्याधुनिक सेमीकन्डक्टर उत्पादनमा चीनले जोड दिन थालेको छ । सन् २०१९ देखि चीनको सेमीकन्डक्टर १४ एनएम प्रविधिले सामूहिक उत्पादन थालेको थियो । ७ एनएम प्रविधिको सामूहिक उत्पादन सन् २०२३ को आरम्भतिर गरिने अपेक्षा छ । 

चीन सरकारले यसमा व्यापक लगानी गरेर पश्चिमको प्राविधिक अग्रतासँग बराबरी गर्ने अपेक्षा राखेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्