०३ साउन २०८३, आइतबार
स्थानीय चुनाव

पोखरा अपडेट- झण्डै १५ सय मतान्तरले मेयरमा धनराजको अग्रता

पोखरा अपडेट- झण्डै १५ सय मतान्तरले मेयरमा धनराजको अग्रता

पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । 

मंगलवार दिउँसोसम्मको मतगणनामा नेकपा एसका उम्मेदवार आचार्यले ९ हजार ४०२ मतसहित अग्रता कायम गरेका हुन् । 

नेकपा एमालेका कृष्ण थापाले ७ हजार ९५४ मत प्राप्त गरेका छन् । दुईबीचको मतान्तर १ हजार ४४८ छ । यद्यपि यो प्रारम्भिक मतगणना मात्र हो । 

उपमेयरमा ९ हजार ६७९ भोटसहित नेपाली कांग्रेसकी कोपिला रानाभाट अग्रस्थानमा छिन् । एमालेकी मञ्जु गुरुङले ९ हजार ४० मत सहित दोस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेकी छन् ।

मतगणना चल्दै गर्दा पोखरामा एमाले उम्मेदवार थापालाई हराउन एमालेभित्रै अन्तर्घात भएको चर्चा चलेको छ । अन्तर्घातको हल्लाले एमाले गण्डकीमा हलचल ल्याएको छ । 

salt training

कमेन्ट गर्नुहोस्