०६ साउन २०८३, बुधबार

खेर्सनमा रुसले रोक्यो १० वटा युक्रेनी क्षेप्यास्त्र

जेठ ३, २०७९
खेर्सनमा रुसले रोक्यो १० वटा युक्रेनी क्षेप्यास्त्र

युक्रेनले खेर्सनको आवासीय क्षेत्रमा प्रहार गरेको १० वटा क्षेप्यास्त्रलाई रुसी वायु प्रतिरक्षाले बीचैमा रोकेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । 

त्यससँगै मरिउपोलस्थित आजोभस्टालमा रहेका २६५ युक्रेनी सैनिकहरूले हतियार त्यागेर आत्मसमर्पण गरेका छन् । तीमध्ये ५१ जना गम्भीर घाइते छन् । 

लभिभ क्षेत्रमा रुसको सटीक निशाना लगाउने कालिबर क्षेप्यास्त्रले युक्रेनी सैनिकहरू ध्वस्त पारेको छ । रुसी क्षेप्यास्त्रहरूले अमेरिका र युरोपेली मुलुकहरूबाट आएका हतियार पनि क्षतिग्रस्त बनाएको छ । 

रुसको एयरोस्पेस फोर्सहरूले युक्रेनमा दुईवटा नियन्त्रण विन्दु, पैदलसेना तथा सशस्त्र बलको उपकरण भएको ठाउँ, दुईवटा आर्टिलरी डिपो र एउटा विद्युतीय सबस्टेसन ध्वस्त पारेका छन् । 

यी आक्रमणका कारण ४७० भन्दा बढी युक्रेनी उग्रराष्ट्रवादीहरू मरेका छन् र ६८ इकाइ सैन्य उपकरण बेकामे भएका छन् । 

रुसको हवाई प्रतिरक्षाले युक्रेनका २३ वटा ड्रोन ध्वस्त पारेको छ र स्मर्च एमएलआरएसका आठवटा क्षेप्यास्त्रहरूलाई बीच बाटोमै नष्ट गरेको छ । 

सोमवार (मे १६) मा युक्रेनी राष्ट्रवादीहरूले खेर्सनको आवासीय क्षेत्रमा स्मर्च एमएलआरएसबाट क्षेप्यास्त्र प्रहार गरेकोमा रुसी हवाई प्रतिरक्षाले सबैलाई रोकेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्