असार १३, २०७९
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता तुर्कमेनिस्तान र ताजिकिस्तानको भ्रमण गर्ने भएका छन् । फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि पहिलोपटक पुटिनले विदेश भ्रमण गर्न लागेका हुन् ।...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले आफूहरूको विजय हुने तथा सबै लक्ष्य पनि पूरा गर्ने बताएका छन् ।
न्यु होराइजन्स नामक कार्यक्रममा बोल्दै पेस्कोभले युक्रेनमा रुसले चलाएको सैन्य कारवाही टुंगोमा पुर्याएरै छोड्ने बताएका हुन् ।
राष्ट्रपति पुटिन रुसलाई कुन दिशामा लग्ने हो भन्ने विषयमा स्पष्ट रहेको र सम्पूर्ण रुसले उनलाई समर्थन गरेको पेस्कोभको भनाइ छ ।
युक्रेनका विषयमा पेस्कोभले टिप्पणी गर्दै भने, ‘युक्रेनीहरू मेधावी र शान्त हुन्छन् । उनीहरू रुससँग निकट सम्बन्ध पनि राख्छन् । तर उनीहरूलाई लामो समयसम्म मूर्ख बनाउने काम गरियो ।’
पश्चिमले आफूहरूको कुरा नसुनेकाले अहिलेको समस्या आएको पेस्कोभले बताए । ‘हामीले पश्चिमलाई चिच्याई चिच्याई आफ्नो कुरा भन्यौं, सुरक्षाका नयाँ सिद्धान्त पनि प्रस्ताव गर्यौं तर उनीहरूले हामीलाई सुनेनन्,’ पेस्कोभले भने ।
रुसलाई विकास गर्न नदिन पश्चिमले सबै किसिमको हत्कण्डा अपनाइरहेको तर आफूहरूले यसलाई रोक्ने उनको भनाइ छ । पश्चिमसँग भिड्नका लागि आफूहरूसँग सबै किसिमको साधन रहेको पेस्कोभले बताए ।
रुसलाई राजनीतिक, आर्थिक वा सूचना क्षेत्रमा एक्ल्याउन सम्भव नभएको दाबी पेस्कोभले गरेका छन् ।
रुसप्रति मित्रवत सम्बन्ध नराख्ने देशलाई शत्रु भन्ने बेला आएको पनि पेस्कोभले बताए ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता तुर्कमेनिस्तान र ताजिकिस्तानको भ्रमण गर्ने भएका छन् । फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध सैन्य कारवाही चलाएपछि पहिलोपटक पुटिनले विदेश भ्रमण गर्न लागेका हुन् ।...
जर्मनीको श्लोस एल्माउमा चलिरहेको जी७ मुलुकहरूको बैठकमा आइतवार बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अनौठो प्रस्ताव राखेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग मजाक गर्दै जोनसनले सबै नेताले लुगा ख...
संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । यूक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध ल...
दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा रहेको एक नाइट क्लबमा आइतबार २० जना मृत फेला परेका छ । उनीहरूको मृत्युको कारण र विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। ‘हामीले पूर्वी लन्डनमा...
संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष ९यूएनसीईआरएफ० बाट आइतबार एक करोड अमेरिकी डलर विनियोजन गरेको छ । मुलुकको पूर्वी भेगमा गएको भूकम्पबाट प्रभावित अफगानिस्तानी जनतालाई स...
श्रीलङ्कामा इन्धन वितरणमा टोकनको व्यवस्था गरिने भएको छ । इन्धनको सीमित स्टक मात्र उपलब्ध आइतबार श्रीलङ्काका विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले देशभरका इन्धन भर्ने स्टेशनहरूले सोमबारदेखि उपभोक्ताहरूका लागि टो...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...