२५ असार २०८३, बिहीबार

पुटिनका प्रेस सचिव भन्छन्– हाम्रो विजय सुनिश्चित छ

जेठ ३, २०७९
पुटिनका प्रेस सचिव भन्छन्– हाम्रो विजय सुनिश्चित छ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले आफूहरूको विजय हुने तथा सबै लक्ष्य पनि पूरा गर्ने बताएका छन् । 

न्यु होराइजन्स नामक कार्यक्रममा बोल्दै पेस्कोभले युक्रेनमा रुसले चलाएको सैन्य कारवाही टुंगोमा पुर्‍याएरै छोड्ने बताएका हुन् । 

राष्ट्रपति पुटिन रुसलाई कुन दिशामा लग्ने हो भन्ने विषयमा स्पष्ट रहेको र सम्पूर्ण रुसले उनलाई समर्थन गरेको पेस्कोभको भनाइ छ । 

युक्रेनका विषयमा पेस्कोभले टिप्पणी गर्दै भने, ‘युक्रेनीहरू मेधावी र शान्त हुन्छन् । उनीहरू रुससँग निकट सम्बन्ध पनि राख्छन् । तर उनीहरूलाई लामो समयसम्म मूर्ख बनाउने काम गरियो ।’

पश्चिमले आफूहरूको कुरा नसुनेकाले अहिलेको समस्या आएको पेस्कोभले बताए । ‘हामीले पश्चिमलाई चिच्याई चिच्याई आफ्नो कुरा भन्यौं, सुरक्षाका नयाँ सिद्धान्त पनि प्रस्ताव गर्‍यौं तर उनीहरूले हामीलाई सुनेनन्,’ पेस्कोभले भने ।

रुसलाई विकास गर्न नदिन पश्चिमले सबै किसिमको हत्कण्डा अपनाइरहेको तर आफूहरूले यसलाई रोक्ने उनको भनाइ छ । पश्चिमसँग भिड्नका लागि आफूहरूसँग सबै किसिमको साधन रहेको पेस्कोभले बताए । 

रुसलाई राजनीतिक, आर्थिक वा सूचना क्षेत्रमा एक्ल्याउन सम्भव नभएको दाबी पेस्कोभले गरेका छन् । 

रुसप्रति मित्रवत सम्बन्ध नराख्ने देशलाई शत्रु भन्ने बेला आएको पनि पेस्कोभले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्