
रुसको बैंक खाता तथा अन्य सम्पत्ति पश्चिमले रोक्का गर्दा अन्तर्राष्ट्रिय आर्थिक प्रणाली धरापमा पर्ने चेतावनी विज्ञहरूले दिएका छन् ।
फाइनान्सियल टाइम्स पत्रिकाका अनुसार, अमेरिका र युरोपसँग सुमधुर सम्बन्ध नरहेका मुलुकहरू रुसको सम्पत्ति रोक्काका कारण डराएका छन् ।
उनीहरूले भविष्यमा आफ्नो सम्पत्ति पनि पश्चिमले यसैगरी रोक्का गरिदिन सक्ने भन्दै त्यसैअनुसारको बन्दोबस्त गर्न थालेका छन् । त्यसले राजनीतिक अर्थशास्त्रको आधुनिक प्रणालीको मृत्यु गराउन सक्ने फाइनान्सियल टाइम्स लेख्छ ।
रोक्का गरिएको रुसी सम्पत्तिलाई अमेरिका र युरोपेली संघले युक्रेनको सहायताका लागि पठाउन खोजेको छ । तर अन्तर्राष्ट्रिय कानूनले पश्चिमलाई यति सजिलै रुसी सम्पत्तिमाथि कब्जा गर्न दिँदैन ।