कोइलाको विश्व बजारमा पुनर्वितरणको सिद्धान्त लागू हुने देखिएको छ ।
युरोपेली संघले रुसको कोइलामा प्रतिबन्ध लगाउने निर्णय लिएपछि सन् २०२२ को अन्त्यसम्ममा कोइलाको मूल्य दोब्बर बढ्ने स्बेरसीआईबी इन्भेस्टमेन्ट रिसर्चका विश्लेषकहरूले बताएका छन् ।
ईयूले आयात गर्ने कोइलाको ६५ प्रतिशत भाग रुसले ओगटेको छ । प्रतिबन्ध लागेपछि रुसले भारतलाई कोइला निर्यात गर्नेछ र छुट मूल्यमा उपलब्ध गराउनेछ ।
युरोपेलीहरूले रुसी कोइलालाई कोलम्बियाली र अमेरिकी कोइलामार्फत विस्थापित गर्न सक्ने कोम्मरसान्ट पत्रिका लेख्छ ।
यस्तो अवस्थामा तीनवटा परिस्थिति विकसित हुन सक्ने विश्लेषकहरूको भनाइ छ ः आधारभूत, आशावादी र निराशावादी ।
आधारभूत र आशावादी परिस्थितिको कुरा गर्दा ईयूले सन् २०२२ मा रुसी कोइलालाई पूर्णतया विस्थापित गर्न सक्ने छैन ।
निराशावादी परिस्थितिको कुरा गर्दा यसले विश्व अर्थतन्त्रलाई सुस्त बनाउनेछ र कोइलाको माग पनि घटाउनेछ ।