
सप्तरीको सप्तकोशी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद ढकाल विजयी भएका छन् । ४ हजार ४६९ मत लिएर उनी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तमकुमार शर्मा २ हजार ९६७ मत, नेकपा माओवादी केन्द्रका रविन्द्र चौधरी २ हजार ३०८ मत ल्याएका छन् ।
त्यसै गरी उपप्रमुखमा पनि कांग्रेसकी रीताकुमारी चौधरी ३ हजार ९५८ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी संगीताकुमारी चौधरीले ३ हजार २०० र नेकपा माओवादी केन्द्रकी राजकुमारी चौधरीले २ हजार ३७३ मत ल्याएकी छन् ।