×

NMB BANK
NIC ASIA

टर्कीलाई धेरै दबाब दिन सक्दैन अमेरिका, यस्ता छन् कारण

जेठ ३, २०७९

NTC
Premier Steels

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले फिनल्यान्ड र स्विडनलाई पश्चिमी सैन्य गठबन्धन नेटोको सदस्य बन्न नदिने बताएका छन् । 

Muktinath Bank

नेटोका सबै ३० सदस्यको सर्वसम्मतिमा मात्र नयाँ सदस्य जोडिन मिल्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सबै मुलुकहरू आफ्नो राष्ट्रिय स्वार्थलाई सर्वोपरि राख्छन् र एर्दोआनले पनि स्विडनमा बस्ने कुर्दिशहरूलाई हटाउनुपर्ने नत्र स्विडनलाई नेटोमा जोडिन नदिने माग राखेका छन् ।


Advertisment
Nabil box
Kumari

स्विडनको समाज र राजनीतिकर्मीहरू स्वतन्त्र र तटस्थ रहने गरेका छन् । उनीहरू विश्व राजनीतिमा असल मान्छे भनी चिनिने गरेका छन् । 

Vianet communication

नेटो आफैंमा एक साम्राज्य हो । उसका आफ्नै स्वार्थहरू छन् । नेटोका सदस्यहरूको आफ्नै सैन्य तथा साम्राज्यवादी परियोजना छन् । 

नेटोको यस्तो चरित्रले स्विडनमा समस्या ल्याइसकेको छ । राजनीतिक शरणार्थीहरूलाई आश्रय दिने स्विडनको सहिष्णुतालाई साम्राज्यवादी नेटोमा जोडिँदा पर्ने असर निकै ठूलो हुनेछ । नेटोमा जोडिने कुराका विषयमा स्विडनमा जनमतसंग्रह गरिए रमाइलो परिणाम आउन सक्छ । 

टर्की सन् १९५२ मा नेटोको सदस्य बनेको थियो । अमेरिकापछि सबभन्दा ठूलो सेना हुने नेटो सदस्य मुलुक टर्की नै हो । 

टर्की महत्त्वपूर्ण रणनीतिक अवस्थितिमा रहेको मुलुक हो । नेटोलाई स्विडनभन्दा टर्कीको महत्त्व धेरै छ । त्यसैले नेटोले टर्कीलाई धेरै दबाब दिन सक्दैन । 

साइप्रसमाथि आक्रमण गर्दा पनि टर्कीलाई नेटोबाट निष्काशन गरिएन । अनि सिरियामा अमेरिकी स्वार्थमा घात हुने गरी टर्कीले आक्रमण गर्दा पनि उसलाई नेटोबाट निकालिएन । लिबियामा पनि त्यही कुरा लागू हुन्छ । 

नेटोको रणनीतिमा टर्की महत्त्वपूर्ण खम्बा हो । अमेरिकाले टर्कीमा क्षेप्यास्त्र राखेको भएर नै शीतयुद्धको बेलामा क्युबाली क्षेप्यास्त्र संकट आएको थियो । टर्की मध्यपूर्व तथा इस्लामिक विश्वको महत्त्वपूर्ण प्रवेशद्वार हो । 

बोस्फोरस जलसन्धिको नियन्त्रण टर्कीकै हातमा छ । त्यसबाहेक टर्कीले बाल्कन क्षेत्र र सिरियामा पनि प्रभाव राख्ने गरेको छ । 

टर्कीको तुलनामा स्विडनले नेटोलाई दिन सक्ने खासै केही कुरा छैन । त्यसैले स्विडनलाई नेटोमा भित्र्याउने हो भने अमेरिकाले टर्कीका सबै माग पूरा गर्नुपर्ने बाध्यता छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x