बुद्ध जयन्तीको अवसरमा नेपाल मानव धर्म सेवा समितिको शान्ति र्याली
नेपाल मानव धर्म सेवा समितिले २५६६औ बुद्ध जयन्तीको अवसर पारेर काठमाडौमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । समितिले बुद्ध जयन्तीका अवसरमा सोमबार विहान ललितपुरको बुलु, चापागाँउदेखि ठेचोसम्म शान्ति र्याली निकालेको छ । दिउँसो सत्सङ्ग कार्यक्रमको पनि आयोजना गरेको छ ।
सत्संग कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समिति केन्द्रीय प्रभारी महात्मा चमेले बाईजीले पञ्चशिलको पालना गरेमा चित्तवुद्धी शुद्ध हुने र यसले नै मानिसलाई महान बनाउने बताए । सबैले शान्ति चाहेको भए पनि त्यसका लागि सही बाटोको पहिचान गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै नारायणी अञ्चलकी प्रमुख पुनित बाईजीले तत्वलाई वोध गरेको कारण नै बुद्धले बुद्धत्व प्राप्त गरेको प्रसङ्गको चर्चा गरेकी थिइन । बुद्धत्व सबैमा भएको र त्यसलाई सबैले बोध गर्नुपर्ने उनले बताइन् ।
कार्यक्रममा विभिन्न ठाँउबाट आएका बाईजी, भन्तेहरुले सत्संगको साथै भजन, नृत्य र नाटक पनि देखाइएको थियो ।
नेपाल मानव धर्म सेवा समितिले मानव कल्याणको क्षेत्रमा विगत ५ दशकदेखि सामाजिक, आध्यामिक गतिविधिहरु गर्दै आएको छ ।