२३ असार २०८३, मंगलबार
स्थानीय चुनाव

शेयर विश्लेषक प्रकाश तिवारी अर्जुन चौपारी गाउँपालिकाकाे अध्यक्षमा विजयी

शेयर विश्लेषक प्रकाश तिवारी अर्जुन चौपारी गाउँपालिकाकाे अध्यक्षमा विजयी

स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश तिवारी विजयी भएका छन् । उनी शेयर  विश्लेषक हुन ।

तिवारीले एमालेका उम्मेदवार चिनमाया गुरुङलाई १९ सय ४४ मतान्तरले पराजित गरेका हुन् ।

तिवारीले ५२  सय ९१ मत पाउँदा चिनमायाले ३३  सय ४७ मत पाएका छन् ।

६ वटा वडा रहेको यो स्थानीय तहको एउटा वडाको वडाध्यक्ष एमालेले जितेको छ भने बाँकी सबै कांग्रेसले जितेको छ ।

उपाध्यक्षमा सपना गुरुङ विजयी भएकी छन् ।

उनले ४८ सय २७ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका टंकप्रसाद खनालले ३७ सय ६७ मत मात्रै पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्