२३ असार २०८३, मंगलबार

झलनाथ खनालको क्षेत्रमा नेकपा एसको अग्रता

झलनाथ खनालको क्षेत्रमा नेकपा एसको अग्रता

सुर्योदय नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका रनबहादुर राईले अग्रता कायम गरेका छन् ।

उनले ४ हजार ८८९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका काजिमान कागतेले ४ हजार ३२ मत ल्याएका छन् ।

सुर्योदय नगरपालिका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र हो । 

नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसका दुर्गा कुमार बरालले ४ हजार ६५४ मतसहित अग्रता कायम गरिरहेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गादेवी भट्टराई ३ हजार ४९७ मत ल्याएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्