१७ असार २०८३, बुधबार
स्थानीय चुनावकाे नतिजा

ठूला दललाई पछार्दै काठमाडौं शंखरापुरको मेयरमा राप्रपाका नापित विजयी

ठूला दललाई पछार्दै काठमाडौं शंखरापुरको मेयरमा राप्रपाका नापित विजयी

काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित पदमा विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठलाई ४ सय ९६ मतअन्तरले पराजित गर्दै नापित मेयर निर्वाचित भएका हुन । 

मंगलवार राति सम्पन्न मतगणनामा नापितले ४ हजार ७ सय मत प्राप्त गरेका छन् । समाजवादीका श्रेष्ठले ४ हजार २ सय ४ मत प्राप्त गरेका छन् । स्थानीय माझ लोकप्रिय रहेका नापितले ठूला दलका उम्मेदवारलाई पराजित गर्दै मेयर निर्वाचित भए । 

उपमेयरमा नेपाली कांग्रेसकी समिता श्रेष्ठ विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निर्वाचन क्षेत्र पर्ने शंखरापुरमा राप्रपाले जितेर ठूला दललाई चक्मा दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्