
रुपन्देहीका १६ पालिकामध्ये २ पालिकाको नतिजा आएको छ ।
जिल्लाको कञ्चन र शुद्धोधन गाउँपालिकामा कांग्रेसले जीत निकालेको छ ।
कञ्चन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नवराज ढकाल र उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा मगर विजयी भएका हुन् ।
ढकालले एमालेका दिनानाथ शर्मालाई पराजित गरेका छन् । ढकालले १० हजार १४१ मत ल्याउँदा एमालेका शर्माले ९ हजार ११ मत मात्र ल्याउन सके ।
उपाध्यक्षमा मगरले १० हजार २८४ मत ल्याउँदा एमालेकी ओमकली राहदीले ८ हजार ८३९ मत मात्र ल्याइन् ।
कञ्चनमा एमालेका किशुनचन्द्र चौधरीलाई कांग्रेसका विष्णुप्रसाद बस्यालले पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । बस्यालले ७ हजार २४७ मत ल्याउँदा चौधरीले ५ हजार ६३५ मत मात्र ल्याउन सके ।
एमालेकी शान्ता ज्ञवाली ६ हजार २८ मतका साथ विजयी भइन् । माओवादी केन्द्रकी उपाध्यक्षकी उम्मेदवार शारदा भुसालले ३ हजार १०१ मत मात्र ल्याउन सकिन् । यी दुवै पालिका यसअघि नेकपा एमालेले जितेको थियो । १६ पालिका रहेको रुपन्देहीमा हालसम्म २ पालिकाको मात्र पूरा नतिजा आएको छ ।