१५ असार २०८३, सोमबार

चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् ।

एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

नगर प्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले ९ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले ९ हजार १६० मत प्राप्त गरे ।

यसपटकको निर्वाचनमा ३९० मतले कांग्रेससँग पराजय भोगेकी बाँस्तोला यसअघि चाँगुनारायण नगरपालिकाको उपप्रमुख थिइन् ।

उपप्रमुखमा एमालेकै रमेश बुढाथोकी विजयी भएका छन् । बुढाथोकीले ११ हजार १०७ मत प्राप्त गरी विजयी भए भने कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले ९ हजार ६७ मत प्राप्त गरिन् ।

नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रवीन्द्रप्रताप शाहले ८ हजार ६७ मत प्राप्त गरे भने नेमकिपाबाट प्रमुखमा उम्मेदवारी दिएका केशवप्रसाद तिमिल्सनाले ३ हजार २६७ मत प्राप्त गरे । 

उपप्रमुखमा राप्रपाका मञ्जु कार्कीले ६ हजार ८६ मत र नेमकिपाका कल्पना लामाले ३ हजार ३७४ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्