×

NIC ASIA

स्थानीय चुनाव

कांग्रेस उपसभापति र एमाले सचिवको जिल्ला स्याङ्जामा एमाले ६ र कांग्रेस ५ पालिकामा विजयी

जेठ ४, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसको प्रभाव रहँदै आएको स्याङ्जामा यसपटक नेकपा एमालेले धेरै स्थानीय तहमा जीत हासिल गरेको छ ।

Muktinath Bank

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पदमा अर्यालको गृहजिल्ला स्याङ्जामा नेकपा एमालेले ६ स्थानीय तहमा जीत हासिल गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

११ स्थानीय तहमध्ये हालसम्म १० पालिकाको नतिजा आएकोमा एमालेले ६ र कांग्रेसले ४ स्थानीय तह जितेका छन् । मतगणनाअन्तिम चरणमा पुगेको चापाकोटमा नेपाली कांग्रेसले फराकिलो अग्रता बनाएको छ, त्यहाँ कांग्रेसले जित्ने देखिन्छ । 


Advertisment
Nabil box
Kumari

आँधीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, फेदिखोला र हरिनास गाउँपालिकामा एमाले विजयी भएको छ । वालिङ र विरुवा नगरपालिकामा एमाले विजयी भएको छ ।

Vianet communication

गल्याङ, पुतलीबजार र भीरकोट नगरपालिका तथा अर्जुन चौपारीमा नेपाली कांग्रेस विजयी भएको छ । चापाकोटमा देबबहादुर खाँणले फराकिलो अग्रता बनाएका छन् । नेपाली कांग्रेसको तर्फबाट अर्जुन चौपारीमा कांग्रेसका प्रकाश तिवारी, गल्याङमा गुरुप्रसाद भट्टराई, पुतलीबजारमा तुलसीराम रेग्मी तथा भीरकोटमा गोविन्दबहादुर कर्मचार्य विजयी भएका छन् । 

यसअघिका मेयर दिलीपप्रताप खाँणलाई पराजित गर्दै वालिङमा एमालेका कृष्ण खाँण, आँधीखोलामा विश्वनाथ पौडेल, कालीगण्डकीमा खिमबहादुर थापा विजयी भएका छन् । फेदीखोलामा घनश्याम सुवेदी र हरिनासमा खिमनारायण मानन्धर विजयी भएका छन् । 

गल्याङमा पार्टीका जिल्ला अध्यक्ष समेत रहेका सूर्यप्रसाद गैरे ‘पारस’ पराजित भएका छन् । विगतमा माओवादीमा रहेका गैरेले नेकपा विभाजनपछि एमाले रोजेका थिए । 

विगतमा कांग्रेस नेता प्रकाशमानको गढ भनेर चिनिएको स्याङ्जामा यसपटक एमालेले राम्रो प्रदर्शन गरेको छ । देशका अन्य भेगमा गठबन्धन बने पनि स्याङ्जामा दलहरू एक्लाएक्लै चुनाव लडेका थिए ।

पुतलीबजारमा यसअघि एमालेले जितेको थियो भने वालिङमा कांग्रेसले जितेको थियो । कांग्रेस र एमालेले यी नगरपालिका एकअर्कोसँग साटफेर गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x