१० साउन २०८३, आइतबार

देश विकास गर्न बजेटले उद्योगलाई प्राथमिकता दिनुपर्छ- झलनाथ खनाल

देश विकास गर्न बजेटले उद्योगलाई प्राथमिकता दिनुपर्छ- झलनाथ खनाल

पूर्व प्रधानमन्त्री झलनाथ खनालले ​औद्योगिकीकरण नभएसम्म देश विकास गर्न नसकिने बताएका छन् ।

बुधवारबाट शुरू भएको पूर्व बजेट छलफल कार्यक्रममा उनले देशमा प्रशस्त उद्योग स्थापना हुनुपर्ने र यसका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताएका हुन् । 

‘जबसम्म देशमा उद्योग बढाउन सक्दैनौँ, तबसम्म देशको विकास कथा मात्रै हुनेछ,’ उनले भने, ‘देशमा राज्य, समुदाय वा निजी क्षेत्रबाटै उद्योग स्थापना गर्न सक्छन् । देश विकासको लागि नभई नहुने यस्ता उद्योग कृषि, पर्यटन, जल, ऊर्जा र खानीजन्य क्षेत्रमा आवश्यक छ । ती क्षेत्रमा उद्योग स्थापना गर्नुपर्ने आवश्यकता भएकोले आगामी बजेटले जोड दिनुपर्छ ।’

देशका विभिन्न क्षेत्रमा स्थापना हुने उद्योग जग हुने भएकोले देश विकासको लागि उद्योग नै चाहिने तर्क खनालले गरे । बजेट बनाउँदा उद्योगलाई ध्यान दिनैपर्ने उनको भनाइ छ । 'पूर्वबजेट छलफल गर्ने तर यसका सुझाव समावेश नगर्ने हो भने बजेट बनाउनुको कुनै अर्थ छैन,' उनले भने । 

उनले आगामी आवको बजेटले अहिलेको अर्थतन्त्रको संकट टार्न सक्ने पनि बताए ।

अर्थतन्त्रमा संकट र चुनौती थपिएको भन्दै उनले अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न पनि अबको बजेट प्रभावकारी हुने उनको बुझाइ छ ।

खनालले भने, ‘हरेक स्थानीय तहमा कृषि बजार बनाउनुपर्ने, साना-साना बजारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्नेसहितको काम पनि बजेटबाटै हुन सक्छ ।'

salt training

कमेन्ट गर्नुहोस्