
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको जीत भएको छ। एमालेबाट प्रमुखमा मिठाराम अधिकारी १४ हजार २५० मत ल्याएर निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले ११ हजार ५१२ मत पाए । नेकपा एकीकृत समाजवादीका वालकृष्ण श्रेष्ठले २ हजार २२२ मत ल्याएका छन्।
त्यसैगरी उपप्रमुखमा पनि एमालेकी अनिता लामा १४ हजार ३१४ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमिला वाग्लेले ११ हजार ९७२ मत, नेकपा एसकू प्रमिला सापकोटा (रिमाल)ले १ हजार ८८८ मत ल्याएकी छन्।
२०७४ काे स्थानीय तहकाे चुनावमा पनि बुढानिलकण्ठ नगरपालिकामा एमालेले नै जितेकाे थियाे । यसअघि एमालेका उद्धव खरेल नगरपालिका प्रमुखमा निर्वाचित भएका थिए भने एमालेकै रमा राइ उपप्रमुखमा निर्वाचित भएकी थिइन ।