१२ साउन २०८३, मंगलबार

एमालेको किल्ला मानिने धनुषाको मुखियापट्टि मुसहर्नियामा जसपाको जीत

एमालेको किल्ला मानिने धनुषाको मुखियापट्टि मुसहर्नियामा जसपाको जीत

नेकपा एमालेको किल्ला रहेको धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिकामा जनता समाजवादी पार्टीले जीत निकालेको छ । 

जसपाका जयकुमार यादव ५ हजार ४१० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबाबु यादवले २ हजार ४५५ मत, नेकपा एमालेका सुशीलकुमार यादवले १ हजार ७६८ मत ल्याएका छन् ।

त्यसैगरी उपाध्यक्षमा पनि जसपाकी सिदा खातुन ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता कुमारीले ३ हजार १५२ मत र एमालेकी अन्जल साहले १ हजार ८६५ मत ल्याए ।

यसअघि उक्त गाउँपालिकाको अध्यक्षमा एमालेका मनोज यादव र उपाध्यक्षमा मीरादेवी महतो निर्वाचित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्