
ब्रान्डरूट इन्टरटेन्मेन्ट प्रालि काठमाडौंले दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड गर्ने भएको छ ।
अघिल्लो वर्ष भव्यताका साथ सम्पन्न गरेको अवार्ड कार्यक्रम असार ११ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको हो ।
५० विधामा अवार्ड वितरण गर्ने जनाएको आयोजकले जेठ १४ गते नोमिनेशन सार्वजनिक तथा वितरण गर्नेछ ।
जसका लागि आवेदन मिति १० गतेसम्म भएको बताइएको छ ।
अवार्ड कार्यक्रम गत वर्ष पनि भव्यताका साथ सम्पन्न भएको थियो ।
कार्यक्रमका निर्देशक सुनिल विसीले अवार्ड कार्यक्रम अग्रज स्रष्टाको मानसम्मान र नयाँ पुस्तालाई हौसला प्रदान गर्नका लागि आयोजना गर्न लागिएको जानकारी दिए ।
अवार्डमा ४० प्रतिशत भोटिङबाट, ५० प्रतिशत निर्णायकबाट र १० प्रतिशत आयोजकबाट निर्णय गरिने आयोजकले जनाएको छ ।