
दाङको घोराही उपमहानगरपालिकामा आइतवार राति ९ : २० सम्ममा ६८ हजार ३६१ मत गणना भएको छ ।
जारी मतगणनामा मेयर पदमा नेकपा एमालेका नरुलाल चौधरीले ३२ हजार ३१२ मत सहित अग्रता कायम राखेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार १८२ मत पाएका छन् ।
शर्माले भन्दा चौधरीले ६ हजार १३० मत बढी पाएका छन् ।
उपप्रमुखमा नेकपा एमालेकी हुमा डीसीले ३० हजार ६२४ मत पाउँदा गठबन्धनबाट भुपबहादुर डाँगीले ३० हजार २६५ मत पाएका छन् ।