२९ जेठ २०८३, शुक्रबार

देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित

देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित

इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

नगर प्रमुखमा सूर्यप्रसाद पोखरेल र उपप्रमुखमा पविमाया राई निर्वाचित भएका हुन् ।

प्रमुख पदमा एमालेका उम्मेदवार पोखरेल आठ हजार ६९५ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलालले सात हजार ६२२ मत प्राप्त गरे । 

उपप्रमुख पदमा एमालेकी उम्मेदवार पविमाया राई आठ हजार ५६३ मत पाउँदै निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का राम राईले पाँच हजार ७६५ मत पाए।

एमालेबाट विजयी उम्मेदवार पोखरेल र राई दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनीहरू यसअघि २०७४ को स्थानीय निर्वाचनमा समेत विजयी भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्