
काभ्रेपलाञ्चोको नमोबुद्ध नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कुनसाङ लामा निर्वाचित भएका छन् ।
मेयर पदमा लामा १२ हजार २११ मतसहित निर्वाचित भएका हुन् । नगरमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भुर्तेलले ५ हजार २२ मत पाएका छन् ।
उपमेयर पदमा नेकपा माओवादी केन्द्रका रत्नबहादुर लामा निर्वाचित भएका छन् । उनले ८ हजार १८७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सम्झना लामाले ६ हजार ५४३ मत पाएकी छन् ।