
रामेछापको मन्थली नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोदकुमार कार्कीलाई पराजित गर्दै एमालेका लव श्रेष्ठले मेयरमा निर्वाचित भएका छन् ।
श्रेष्ठले ९ हजार ७१८ मत पाउँदा कार्कीले ९ हजार १२२ मत पाएका छन् ।
उपमेयरमा एमालेकी ईश्वरी बस्नेत विजयी भएकी छन् । कांग्रेसकी यशोदा श्रेष्ठलाई पराजित गर्दै बस्नेत निर्वाचित भएकी छन् । बस्नेतले ९ हजार १६१ मत पाउँदा श्रेष्ठले ९ हजार ५४ मत पाएकी छन् ।