२६ जेठ २०८३, मंगलबार

सिद्धार्थनगरमा ३० वर्षपछि कांग्रेसको नेतृत्व, उपप्रमुखमा एमालेकी अधिकारी निर्वाचित

जेठ ५, २०७९
सिद्धार्थनगरमा ३० वर्षपछि कांग्रेसको नेतृत्व, उपप्रमुखमा एमालेकी अधिकारी निर्वाचित

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका ईस्तियाक अहमद खान र उपप्रमुखमा नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भएका छन् ।

खान ९ हजार १३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सागरप्रताप राणाले ८ हजार १३७ मत प्राप्त गरेका थिए ।

एमालेका डा. रामप्रसाद बस्याल ७ हजार ३०५ प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् । यो नगरपालिका यसअघि एमालेले जितेको थियो ।

उपप्रमुखमा अधिकारीले ८ हजार ८१३ मत प्राप्त गरेकी छन् । मुख्य प्रतस्पर्धी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत पाइन् ।

भैरहवाका नामले परिचित सिद्धार्थनगरमा सत्तारुढ गठबन्धनले तालमेल गरेका थिए । ३० वर्षपछि सिद्धार्थनगरमा कांग्रेसले जीत निकालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्