
स्थानीय तह निर्वाचन अन्तरगत पोखरा महानगरपालिकामा ५०११७ मतगणना सकिएको छ । बिहीबार बिहान ८ बजे प्राप्त तथ्यांकअनुसार एमालेका कृष्ण थापाले १८३६६ मत पाउँदा एकीकृत समाजवादीका धनराज आचार्यले २०७४९ मत ल्याएर अग्रता कायम गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार खड्कराज पौडेलले ११३४ मत पाएका छन् ।
उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २०९७७ मत पाउँदा काँग्रेसकी कोपिला रानाभाटले २०९६३ मत पाएकी छन् ।