
ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।
३२ हजार ८१९ मत गन्दा महर्जनले १७ हजार २१० र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ९६८८ मत पाएका छन् ।
उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले ९४८९ मतका साथ अग्रस्थानमा छिन् ।
माओवादीका बाबुराज बज्राचार्यले ६९०३ मत पाएका छन् ।