२८ असार २०८३, आइतबार

तीनवटा काम गरेको भन्दै एमाले नेताले दिए देउवालाई धन्यवाद

तीनवटा काम गरेको भन्दै एमाले नेताले दिए देउवालाई धन्यवाद

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता खीमलाल भट्टराईले मानिसले जुगजुगसम्म सम्झने एउटा कार्यक्रम बजेटमा ल्याउन सुझाव दिएका छन् । उनले विगतमा एमाले सरकारको पालमा शुरू भएका आयोजनाको बजेट नकाट्न आग्रह गरे ।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकमा एमाले नेता भट्टराईले पाँच पटक प्रधानमन्त्री बन्ने सौभाग्य पाएको व्यक्तिले जुगजुग सम्झिने एउटा काम गर्न आग्रह गरेका हुन् । 

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले तयार गरेको पूर्वाधार उद्घाटन गरेको भनेर देउवालाई धन्यवाद दिए । 

‘तीनवटा कामका लागि म देउवालाई धन्यवाद दिन चाहन्छु, केपी ओलीले ल्याएको रेललाई दिल्लीमा गएर बटन थिचेर भए पनि उद्घाटन गर्दिनु भयो, त्यसका लागि धन्यवाद छ । भैरहवाको विमानस्थल, जो केपी ओलीले बनाउनुभयो, त्यसको उद्घाटन गर्नुभयो । चोभारमा गएर सुख्खा बन्दरगाह उद्घाटन गर्दिनुभयो, केपी ओलीले बनाएको बन्दरगाह उद्घाटन गरेर राम्रो काम गर्नुभयो,’ भट्टराईले भने । 

ओलीले देशमा रेल बनाउने कुरा गर्दा कांग्रेस कार्यकर्ताले कागजको रेल बनाएको भनेर व्यंग्य गरेको भए पनि देउवाले उद्घाटन गरेको भन्दै धन्यवाद दिए । 

salt training

कमेन्ट गर्नुहोस्