२२ असार २०८३, सोमबार

व्यासको मेयरमा दीपकराज जोशीको अग्रता

व्यासको मेयरमा दीपकराज जोशीको अग्रता

तनहुको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले सुरुवाती अग्रता बनाएका छन् ।

वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पछि पार्दै जोशीले अग्रता लिएका हुन् ।

बिहीवार अपरान्हको नतिजा अनुसार जोशीले २ हजार ५५ मत पाउदा न्यौपानेले १ हजार ४ सय ३२ मत पाएका छन् ।

कांग्रेस नेता गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकराजलाई नेकपा एमालेले समर्थन गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका केही पालिकामा एमाले र गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल भएको थियो । 

वैशाख ३० गते भएको झडपमा कांग्रेस कार्यकर्ताको आक्रमणबाट घाइते जोशीको काठमाडौंमा उपचार भइरहेको छ । मतगणना चलिरहँदा जोशी भने अस्पतालमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्