
उम्मेदवार दर्ता गर्ने अन्तिम समयमा धोका दिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका कांग्रेसका बागी उम्मेदवारको टोलीले मेयर, उपमेयरसहित ४ वटाअध्यक्ष जितेको छ । महोत्तरीको बर्दिवास नगरपालिकामा कांग्रेसका चिरञ्जिवी हमालले टिकट पाएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रमा उम्मेदवारी दिएका थिए ।
उनै क्षेत्रीको समूहले मेयर, उपयमेयर र ४ वटा वडाध्यक्षमौ जितेन । कांग्रेसलाई चौथाे स्थानमा पुर्याइदिएको छ ।
१४ हजार २१० मत ल्याएर मेयरमा क्षेत्री विजयी भएका छन् । उनका प्रतिस्पर्धी माओवादीका राजु खड्काले ८३ सय २३ मत पाएका छन् । कांग्रेस भने प्रतिस्पर्धामै आएन् ।
कांग्रेसका उम्मेदवार बागीसँगको प्रतिस्पर्धामा चौथो भएका छन् ।
उपप्रमुखमा पनि स्वतन्त्र उम्मेदवार तारादेवीले जितेकी छन् । उनले ९७ सय ३६ मत पाउँदा उनको प्रतिस्पर्धामा माओवादीकी कृष्णमाया गौतम आएकी थिइन् ।
गौतमले ८१ सय ८५ मत ल्याएर पराजित भइन् । उपप्रमुखमा पनि कांग्रेसका आधिकारीक उम्मेदवार भने चौथाे स्थानमा पुगेको छ ।
१४ वटा स्थानीय तह रहेको यो नगरपालिकाको वडा नम्बर १, ७, १३ र १४ मा पनि स्वतन्त्र उम्मेदवारले नै जितेका छन् ।
यो नगरमा जेब्रा चुनाव चिन्ह लिएर क्षेत्रीको टोली चुनावी प्रतिस्पर्धामा थियो ।