
गोरखाको चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
गाउँपालिका अध्यक्षमा र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको हो ।
अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङ विजयी भएका छन् । लामा १ हजार ६२४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांगेसका धनबहादुर गुरुङले १ हजार ३११ मत ल्याए ।
उपाध्यक्षमा निर्वाचित गुरुङले १ हजार ५६५ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मेतोक छोकी लामाले १ हजार ३०७ मत ल्याएकी छन् ।