
कालिकोटको रास्कोट नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका धर्मराज शाही विजयी भएका छन् ।
शाहीले ३०४६ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दयाराम सिम्खाडाले २ हजार ११७ मत पाएका छन् ।
उपमेयरमा नेकपा एकीकृत समाजवादीका मनिराज बराल २ हजार ८०९ मत ल्याएर विजयी भएका छन् भने एमालेकी उमा शाहीले १ हजार ३०१ मत पाएकी छन् ।