
मदिरा उत्पादक कम्पनी नेचुरल स्पिरिट्सले नयाँ ब्राण्डको भोड्का बजारमा सार्वजनिक गरेको छ ।
यसअघि सारंगी ब्राण्डको ह्वीस्की लोकप्रिय बन्दै गर्दा कम्पनीले ‘सेतो बाघ’ ब्राण्डको भोड्का सार्वजनिक गरेको हो ।
नेपाली खाँटी स्वादको यो मदिरा अहिले पोखराकोे सबै मुख्य पसलहरूमा बिक्री शुरू गरिएको कम्पनीले जनाएको छ ।
बजारमा उपलब्ध भैरहेका अन्य भोड्काहरूभन्दा भिन्न तर उत्कृष्ट स्वादको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तयार पारिएको कम्पनीको भनाइ छ ।
‘यस भोड्कामा हिमालयको झरनाबाट बहेको चिसो स्वच्छ पानी र युरोपबाट आयातित प्रमुख कच्चा पदार्थहरूको मिश्रण रहेको छ, जसले गर्दा शुद्ध भोड्काको रसास्वादन गर्न चाहने जो कोहीलाई एक चुस्की मै गहिरो झड्का दिन्छ । हरियो खुर्सानी, जुनिपर र एन्जेलिकाको बीजहरू हाम्रो कन्चन निर्मल भोड्कामा स्पष्ट देख्न सकिन्छ, जसले यसको समुहमा यसलाई आफ्नै किसिमको हस्तनिर्मित भोड्का बनाएको छ,’ कम्पनीले भनेको छ,‘सेतो बाघ सरस, एवं उत्तम तरिकाले बनाइएको छ, जसको पहिलो चुस्किदेखि अन्तिमसम्म पनि तपाईंलाई सन्तुस्टी दिने छ ।’