
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।
मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी शान्ता थापाले जितेकी छन् ।
अन्तिम मत परिणामअनुसार कागेश्वरी मनोहराको मेयरमा कार्कीले ११ हजार ३२२ मत पाएर जितेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामशरण ढुंगानाले ८ हजार २६३ मत पाएका छन् ।
उपमेयरमा विजयी एमालेकी शान्ता थापाले ९ हजार ९ सय ७५ मत प्राप्त गरिन् । उनले सत्तारुढ गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका माओवादी केन्द्रका भोला चापागाईंलाई पराजित गरेकी छन् । चापागाईंले उपमेयरमा ५ हजार ४२२ मत पाएका छन् ।