
कम्युनिस्ट पार्टीको उद्गम थलो मोरङको रतुवामाईमा नेकपा एमालेका उम्मेदवारले हार व्यहोरेका छन् ।
२०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस (हाल रतुवामाई नगरपालिका) मा भएको थियो । रतुवामाई नगरपालिकामै नेकपा एमालेका संस्थापक नेता स्व. मदन भण्डारीको घर छ ।
रतुवामाईमा नेपाली कांग्रेशका नागेश्वर प्रसाद सिंह गनगाई विजयी भएका छन् । उनी १३ हजार १ सय ३५ मत सहित विजेता बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गा कुमार विष्टले ११ हजार २ सय ५२ मत ल्याए ।
यस्तै उपमेयरमा एमालेकी दयान्ता देवी चुडाल विजयी भएका छिन् । उनले ९ हजार ३ सय ७४ मत ल्याएर विजयी भएकी हुन् ।
नेकपा माओवादी केन्द्रका सुमन कालिकोटेले भने ८ हजार ४ सय ७९ मत ल्याएका छन् ।
यस नगरपालिकामा माओवादीका र कांग्रेसबीच गठबन्धन भएको थियो । चुडाल निवर्तमान उपमेयर हुन् ।