
काठमाडौं महानगरपालिकामा शुक्रवार बिहान पौने ९ बजेसम्म ७२ हजार ९ मत गणना भएको छ ।
जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाइरहेका छन् ।
पछिल्लो तथ्यांक अनुसार साहले २६ हजार ८८४ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले १४ हजार ५४२ मत ल्याएका छन् ।
स्थापितसँग साहले १२ हजार ३४२ मतको अग्रता कायम राखेका छन् ।
यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ५९० मत ल्याएकी छन् ।
उपमेयरमा भने एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरसहित अगाडि छिन् ।
उनले २६ हजार ८५७ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ६७९ मत ल्याएका छन् ।