जेठ १०, २०७९
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी रहेको छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ लिएर कार्यभार सुरु गरिसकेका छन् ।
यद्यपि केही पालिकामा अझै मतगणना जारी रहेको छ । सार्वजनिक भएको केही परिणाम निकै रोचक देखिएको छ । कडा प्रतिस्पर्धाका बीचमा केही ठाउँमा १ मतको अन्तरले जित हार भएको छ । मधेस प्रदेशको पर्सा जिल्ला बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश चौरसिया १ मतले विजयी भएका छन् ।
चौरसियाले १ हजार १ सय ८५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हनिफ मियाँ जोलाहाले १ हजार १ सय ८४ मत ल्याएर पराजित हुनुप¥यो । लुम्बिनी प्रदेशको गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका २ मा कांग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले एक मतले वडाध्यक्षमा विजयी भएका छन् ।
न्यौपानेले ७ सय ५६ मत पाउँदा माओवादी–एमाले गठबन्धनका उम्मेदवार शोभाकर न्यौपाने ७ सय ५५ मत ल्याएर पराजित भएका छन् । मधेस प्रदेशकै महोत्तरीको महोत्तरी गाउँपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी १ मतले विजयी भए ।
चौधरीले ३ सय ६६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका मोहम्मद अनामुल राइनले ३ सय ६५ ल्याएर पराजित भएका छन् । महोत्तरीकै बर्दिवास नगरपालिका–१४ मा स्वतन्त्र उम्मेदवार विजयकुमार महतो १ मतले विजयी भएका छन् ।
महतोले ५ सय ८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भरत हमाल ५ सय ७ मत ल्याएर पराजित भएका छन् । यसैगरी, महोत्तरीको बर्दिवास नगरपालिका ७ मा पनि स्वतन्त्र उम्मेदवार रामस्वगारथ यादव १ मतले विजयी भएका छन् ।
उनले ७ सय २७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह कोइरीले ७ सय २६ मत ल्याएर पराजित भएका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया १ मतले विजयी भएकी छन् ।
उनले २ हजार ३ सय ७६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जीवनकुमार चाम्लिङले २ हजार ३ सय ७५ मत पाएका छन् । काभ्रे जिल्लाको ३ स्थानीय तहका ३ वडामा एक÷एक मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् । तेमाल गाउँपालिका वडा नम्बर १ मा एमालेका इन्द्र अधिकारी १ मतले विजयी भएका छन् ।
उनले ५ सय ३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका कालदास तामाङले ५ सय ३० मत पाएर पराजित भएका छन् । काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका सन्तमान थिङ १ मतले विजयी भएका छन् ।
थिङले ५ सय ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका आशाराम गोलेले ५ सय ४७ मत प्राप्त गरी पराजित भएका छन् । काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका सुशील लामा पनि १ मतले विजयी भएका छन् । उनले ४ सय २ मत पाउँदा माओवादी केन्द्रका राजु आलेले ४ सय १ मत पाएर पराजित भएका छन् ।
यस्तै अर्घाखाँचीकोे मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्षमा एमालेका नारायणप्रसाद अर्याल १ मतले विजयी भएका छन् । अर्यालले ८ सय ४९ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उदयबहादुर पुन मगर ८ सय ४८ मत ल्याएर पराजित भएका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिकामा पनि दुई मतको अन्तरले हारजित भएको छ । आफ्ना प्रतिस्पर्धीभन्दा दुई मत बढी ल्याएर कांग्रेसका मोहनसिंह लालचन वडा अध्यक्षमा विजयी भए । निर्वाचनमा लालचनले ७ सय ६० मत पाउँदा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत ल्याएका थिए ।
यसैगरी रूपन्देहीको शुद्धोधन गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा विपक्षीको भन्दा जनता समाजवादी पार्टी नेपाल (जसपा)का उदयराज गडेरियाले एक मत बढी पाएर विजयी भएका छन् । गडेरियाले ९ सय ९२ मत पाए भने उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ९ सय ९१ मत पाएर पराजित भएका छन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा न...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...