×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

मधेशवादी दललाई मधेशमै धक्का- लोसपाको क्षयीकरण हुँदा जसपालाई अस्तित्व जोगाउनै हम्मे, बजेन सीके राउतको हर्न

जेठ ७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मधेश प्रदेशको मुख्य आन्दोलनकारी शक्तिका रूपमा स्थापित मधेशवादी भनिने राजनीतिक दलले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सकेनन् । 

Muktinath Bank

मधेश आधारभूमि रहे पनि जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहमा मधेशमै आफ्नो प्रभुत्व कायम गर्न नसकेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रादेशिक सरकारको समेत नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) स्थानीय तहमा मधेशको ठूलो शक्ति बन्न असफल रह्यो । 


Advertisment
Nabil box
Kumari

शुरूका तीन वर्षसम्म मधेश प्रदेशमा गठबन्धन सरकारसँगै सहयात्रा गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को ठूलो क्षयीकरण भएको छ । 

Vianet communication
Laxmi Bank

मधेश आन्दोलनबाट उदाएका यी दुई दलको विकल्पमा तराई-मधेशलाई आधार बनाएर राजनीति गरिरहेको सीके राउत नेतृत्वको जनमत पार्टी पनि वैकल्पिक शक्ति बन्न असफल भएको छ । 

१३६ स्थानीय तह रहेको मधेश प्रदेशमा अहिलेसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसले ४१ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेर ठूलो शक्ति बन्न सफल भएको छ । 

नेकपा एमालेले २२ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेर दोस्रो ठूलो दल बनेको छ । जसपा भने २० स्थानीय तह जित्दै तेस्रो ठूलो दल बनेको छ । २०७४ को निर्वाचनमा कांग्रेसले ४० र एमालेले १८ स्थानीय तहमा मात्र अध्यक्ष/प्रमुख जितेको थियो ।

अस्तित्व रक्षामै जसपा

उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टीले मधेश प्रदेशमा अहिलेसम्म १५ गाउँपालिका अध्यक्ष र ५ नगरपालिका प्रमुखसहित कुल २० पालिका जितेको छ । 

२०७४ को स्थानीय निर्वाचनमा यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमले मधेश प्रदेशमा २६ पालिकामा जितेको थियो । त्यही पार्टी अहिले जसपा बनेको छ । 

साविकको राष्ट्रिय जनता दल, बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीसहित बनेको जसपाले गत स्थानीय निर्वाचनको तुलनामा बढी सिट जित्नु पर्नेमा त्यसो हुन सकेन । त्यसआधारमा हेर्ने हो भने जसपा आफ्नो अस्तित्व रक्षा गर्न मात्र सफल भएको देखिन्छ । 

मधेश प्रदेशको एक मात्र महानगर रहेको वीरगन्ज महानगरपालिकाको प्रमुखमा भने जसपाले फराकिलो अग्रता लिएको छ । जसपा तथा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेका राजेशमान सिंह जित्ने लगभग सुनिश्चित भइसकेको छ ।

वीरगञ्ज महानगरको प्रमुख जित्नु पनि जसपाको लागि ठूलो उपलब्धि हो । उसो त यसअघि पनि उक्त महानगर साविकको संघीय समाजवादी फोरमले नै जितेको थियो । उक्त पार्टीबाट जितेका मेयर विजय सरावगी अहिले नेकपा एमालेबाट उमेदवार बनेका छन् । जारी मतगणनामा उनी निकै मतान्तरले पछाडि परेका छन् । 

तर, मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरमा जसपाको उम्मेदवार लालकिशोर साह पाँच दलीय गठबन्धनको साझा उम्मेदवार भए पनि लज्जास्पद मत पाएका छन् । 

गत स्थानीय निर्वाचनमा साहले राजपा नेपालबाट चुनाव जितेका थिए । पछि उनले लोसपा रोज्नुको साटो जसपा रोजेका हुन् ।

त्यति मात्र होइन, जनकपुर उपमहानगरबाहेक बाराको कलैया उपमहानगर र जितपुर सिमरा उपमहानगर जसपाले जित्न सकेन । 

जसपाले सप्तरीको विष्णुपुर गाउँपालिका, सिरहाको अर्नामा, औरही, नवराजपुर, धनुषाको जनकनन्दिनी, मुखियापट्टि मुसहर्निया, महोत्तरीको पिपरा, सम्सी र एकडारा गाउँपालिकामा अध्यक्ष जितेको छ । 

त्यसै गरी सर्लाहीको चक्रघट्टा गाउँपालिका, बसबरिया, बाराको करैयामाई, देवताल, पर्साको धोबिनी र कालिकामाई गाउँपालिकामा अध्यक्ष जितेको छ । 

सप्तरीको बोदेबर्साइन नगरपालिका, राजविराज, धनुषाको शहीदनगर , महोत्तरीको गौशाला र पर्साको बहादुरमाई नगरपालिकाको प्रमुख जितेको जसपाले केही स्थानीय तहमा अग्रता कायम राखेकाले अन्तिम मत परिणाम आउँदासम्म सिट संख्या बढ्न पनि सक्छ ।

लोसपाको क्षयीकरण, चौथो दलमा सीमित  

महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेश प्रदेशमा ४ गाउँपालिका तथा ६ नगरपालिकासहित कुल १० पालिकामा प्रमुख/अध्यक्ष अहिलेसम्म जितेको छ । केही पालिकामा अझै पनि अग्रता लिएको हुनाले जितको संख्या बढ्न सक्छ । 

साविकको ६ वटा मधेश केन्द्रित पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले २०७४ सालको २६ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको थियो । त्यसको तुलनामा यस निर्वाचनमा झन्डै आधाभन्दा बढी सिट लोसपाले गुमाएको छ । लोसपाका लागि यो ठूलो क्षति हो । 

साविकमा जितेको जनकपुरधाम उपमहानगरसमेत जित्न नसक्ने स्थिति देखिएको छ । विगतमा जितेका कतिपय पालिकामा लोसपाले पराजय भोगेको छ । 

सप्तरीको महादेवा गाउँपालिका, महोत्तरीको सोनमा, बाराको विश्रामपुर, पर्साको बिन्दबासिनीसहित ४ गाउँपालिकामा लोसपाले अध्यक्ष जितेको छ । 

त्यसै गरी महोत्तरीको औरही नगरपालिका, बलवा, मटिहानी, सर्लाहीको गोडैता, रौतहटको इशानाथ र बाराको सिम्रौनगढसहित ६ नगरपालिकामा लोसपाले प्रमुख जितेको छ । 

अन्ततः बजेन जनमतको हर्न 

सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले पनि मधेश प्रदेशमा अपेक्षित सफलता पाउन सकेन । 

अहिलेसम्म राउतको गृह जिल्ला सप्तरीमा मात्र जनमतले २ पालिकामा जित्न सफल भएका छन् । 

सो पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र बलान-बिहुल गाउँपालिकामा मात्र प्रमुख/अध्यक्ष जितेको छ । 

त्यसबाहेक मधेश प्रदेशमा उनको पार्टीका उम्मेदवार दोस्रो स्थानमा पनि आउन सकेनन् । 

मूलधारको राजनीतिमा आएपछि पछिल्लो समय भ्रष्टाचार विरोधी आन्दोलन, किसानको पक्षमा आन्दोलन गरेर सडक तताए पनि उनको पार्टीले अपेक्षित परिणाम हासिल गर्न सकेन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x