
चरम आर्थिक संकट भोगिरहेको श्रीलंकाले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ ।
संकट व्यवस्थापनका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट ऋण पाउने आशमा सरकार रहेको छ ।
खाद्यान्न संकटबाट पार पाउन तथा उत्पादकत्व बढाउन प्रधानमन्त्री रनील विक्रमासिंघेले आगामी खेतीको याममा प्रयाप्त मल किन्ने वाचा गरेका छन् । आर्थिक अभियान दैनिकमा खबर छ ।